
मकवानपुर । हेटौंडा उपमहानगरपालिका १ चाइना गेट नजिक आज (शुक्रबार) बिहान टयांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा–११ नवलपुरबाट हेटौंडा बजारतर्फ आउदै गरेको ना ८ ख ३८७२ नम्बरको तेल टयांकरले सोही दिशाबाट आउँदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल सवार हेटौंडा १ चाईनाक्वाटर निवासी ३५ वर्षीया सिता न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक सिताका श्रीमान ४५ बर्षीय शसि न्यौपाने भने सामान्य घाइते भएका छन् ।
कमेन्ट गर्नुहोस्
