
काठमान्डौ। दसैंमा मौसमी गतिविधिले खासै प्रभाव नपार्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशााखाले जनाएको छ। आगामी एक हप्तासम्म मनसुनको प्रभाव सामान्य नै रहने देखिएको महाशााखाले जनाएको हो।
दसैंलाई लक्ष्य गरी गर्दै महाशाखाले आज विज्ञप्ति जारी गरेको छ। ‘यस वर्षको मनसुन प्रणाली अहिले कमजोर अवस्थामा छ,’ विज्ञप्तिमा भनिएको छ– ‘यसको प्रभाव आगामी एक हप्तासम्म सामान्य नै कायम रहने देखिन्छ।’
विशेषगरी पूर्वी र मध्य भू(भागहरुमा आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानहरुमा हल्कारक्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
यस्तै पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही १र२ स्थानमा हल्कारक्षणिक वर्षाको सम्भावना छ भने बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखालो जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ– यस वर्षको महान् चाड विजय दशमीमा मौसमी गतिविधिले आम सर्वसाधारणमा खासै प्रभाव नपर्ने देखिन्छ।
