
काभ्रे – नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बुवाको हत्या गरेका छन् । तामाङले शुक्रवार राति ११ बजे घरायसी विवादपछि खन्तीले टाउकोमा प्रहार गरी ४२ वर्षका बुवा टेकबहादुरको हत्या गरेका हुन् ।
टाउकोमा खन्ती प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा शनिवार बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको भकुण्डे प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक अशोक महतोले जानकारी दिए ।
उनका अनुसार घटनापछि भाग्ने क्रममा वियजलाई शुक्रवार राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।
कमेन्ट गर्नुहोस्
