
अमेराट। पाँच राष्ट्रबीचको पाँच देशीय टी-ट्वान्टी क्रिकेट सिरिजमा आयोजक ओमानले विजयी सुरुवात गरेको छ ।
अमेराटमा आज भएको पहिलो खेलमा हङकङले दिएको ९७ रनको सामान्य लक्ष्य ओमानले १३.५ ओवरमा ३ विकेट गुमाएर पुरा गर्यो।ओमानले हंगकंगलाई ७ विकेटले पराजित गरेको हो।
ओमानका लागि जिसन मस्कुदले ३९ रन बनाए। यस्तै खवर अलिले ३२ रन जोडे। अकिब इल्लासले १३ रन जोड्दा जतिंदर सिंह ५ रन बनाएर आउट भए। सुरज कुमार २ रनमा नट आउट रहे। हङकङका लागि नसरुल्ला राना र कैल क्रिस्तिले समान १-१ विकेट लिए।
यसघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनायो । ओमानी बलरसँगसामु हङकङका हरोन अर्सादले सर्वाधिक १९ रन जोडे । यस्तै अशान अब्बासी र निजाकट खानले १७/१७ रन बनाए । वाकस बर्कटले १५ रन बनाए ।
ओमानका मोहमद नादिमले २ विकेट लिए । ओमान आजको जित संगै २ अंक जोड्न सफल भएको छ।
नेपालले सिरिज अन्तर्गत भोलि हङकङसंग आफ़्नो पहिलो खेल खेल्दै छ।
