
पोखरा । गण्डकी प्रदेश सरकारले बजार अनुगमन निर्देशिका पास गरेपछि अनुगमन कमिटी बनाएर यो दशैंबाट बजार अनुगमन सुरु गरेको छ ।
संघीय संरचनाअनुसार बजार अनुगमनको जिम्मा स्थानीय निकायलाई नै दिइएको छ। तर कतिपय कानून र निर्देशिका नहुँदा काम गर्न कठिन भएको थियो।
दशैंको बेलामा पोखरामा ५ दिन अनुगमन गरिएको थियो । दशैं बिदा सकिएपछि अनुगमनलाई पुन निरन्तरता दिइने बताइएको छ।
तर अनुगमन गरिने भएपनि खाद्य प्रयोगशला नहुुँदा गण्डकी प्रदेशमा खाद्य वस्तुको गुणस्तर परीक्षणमा समस्या भएको सरोकारवालाहरु बताउँछन् ।
उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले देशका सबै प्रदेशमा प्रयोगशाला भएपनि पर्यटकीय प्रदेश गण्डकीमा नहुँदा समस्या भएको गुनासो गरेका छन् ।
अडियो सामाग्री सुन्नुहोस::
