कसले जिते त यो वर्षको नोबेल शान्ति पुरस्कार ?

Share:

एजेन्सी। यो वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्रीले जितेका छन्। स्वीडिस एकेडेमीले सन् २०१९ को नोबेल शान्ति पुरस्कार विजेताको घोषणा शुक्रबार गरेको हो।

इथियोपियाका प्रधानमन्त्री एबी अहमदलाई शान्ति र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा गरेको योगदानका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको स्वीडिस एकेडेमीले उल्लेख गरेको छ।

इथियोपिया र एरिट्रेयाबीच गएको वर्ष शान्ति सम्झौता भएको थियो। यो शान्ति सम्झौताले २० वर्ष लामो सैन्य हिंसा अन्त्य गरेको थियो। सन् १९९८–२००० को सीमा युद्धपछि इथियोपिया र एरिट्रेयाबिच हिंसाको अवस्था थियो।

पुरस्कार बापतको ७ लाख ३० हजार पाउण्ड स्ट्रलिङ्ग उनलाई आउँदो डिसेम्बरमा ओस्लोमा हुने विशेष कार्यक्रमकाबीच हस्तान्तरण गरिने छ।

नोबेल शान्ति पुरस्कार जित्ने एबी अहमद १०० औँ व्यक्ति हुन्।

कमेन्ट गर्नुहोस्
Share: