पर्वतमा व्वाँसोको आक्रमणबाट एक बालक गम्भीर घाईते

Share:

पर्वत। पर्वतमा व्वाँसोको आक्रमणबाट एक बालक गम्भीर घाईते भएका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा बस्ने विन्दु नेपालीका ९ वर्षिय छोरा समर्पण नेपाली व्वाँसोको आक्रमणबाट गम्भीर घाईते भएका हुन् ।

शुक्रबार खेतमा खेलिरहेका उनलाई एक्कासी व्वाँसोले आक्रमण गरेपछि उनि अचेत वनेका थिए । मुख र दाँतमा गम्भीर चोट लागेकाले उनि बोल्न सक्ने अवस्थामा नभएको प्रहरीले जनाएको छ ।

घाइते बालकको जिल्ला अस्पताल पर्वतमा सामान्य उपचारपछि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए ।

स्थानीय जनप्रतिनिधि विरेन्द्र रिजालका अनुसार स्याल प्रजातीको व्वाँसोको आतंक उक्त गाउँमा बढ्दै गएको छ । अहिलेसम्म झण्डै सत्र जना घाईते भैसकेको उनले जानकारी दिए । कुश्मा नगरपालिकाको साविक पाङ गाविसका सवैजसो वडामा ब्वाँसोको आतंक रहेको रिजालले बताए ।

कमेन्ट गर्नुहोस्
Share: