
काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल आगमनको पहिलो दिन शनिबार स्वतन्त्र तिब्बत आन्दोलनका समर्थक भएको आशंकामा करिब ५० जनालाई गिरफ्तार गरेको छ। भ्रमणको दोस्रो दिन आज सरकारले त्यस्ता गतिविधिमा सुरक्षा निगरानीलाई तीव्र पारेको छ ।
तिब्बतीहरु र उनीहरुलाई समर्थन जनाउन सक्ने केही पश्चिमा नागरिक तथा नेपालका मानवअधिकारवादी संस्थाहरुप्रति लक्षित गर्दै केही ठाउँहरुमा निगरानी बढाइएको छ।
सी भ्रमणमा विरोध जनाउन भारतको धर्मशाला र नेपालमा पश्चिमादाताबाट सञ्चालित मानवअधिकारवादी संस्थाले पनि सहयोग गर्न सक्ने भएकाले केही एनजिओ–आइएनजिओका कार्यालय अगाडि सादा पोशाकमा सुरक्षाकर्मी तैनाथ गरिएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
