
काठमाण्डौ। नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अफताव आलम पक्राउ परेका छन् । रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद आलम २०६४ सालमा रौतहटमा बम विस्फोट काण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।
पूर्व श्रममन्त्री समेत रहेका आलमलाई प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो।
कोजाग्रत पूर्णिमाको दिन नेपाली कांग्रेसले गौरमा आयोजना गरेको चियापानमा सहभागी हुन जाँदै गर्दा आलमलाई पक्राउ गरिएको हो ।आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए ।
उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप रहेको छ।
