
काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिवसीय राजकीय नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत भनेका छन् , ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी जिनपिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्रदान गरेको छ ।’
प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति सीले नेपाल र नेपाली नागरिकप्रति देखाउनु भएको सद्भाव र सदिच्छाका लागि उहाँप्रति आभार व्यक्त गरेका छन् ।
मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ। उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ। pic.twitter.com/M3T2644frx
— KP Sharma Oli (@PM_Nepal) October 13, 2019
