अर्जेन्टिनाले चखायो इक्वेडरलाई लज्जास्पद हार

Share:

एजेन्सी । अर्जेन्टिनाले मैत्रीपूण खेलमा इक्वेडरलाई लज्जास्पद हार चखाएको छ। आईतबार राति भएको खेलमा अर्जेन्टिनाले ईक्वेडरलाई ६–१ गोल अन्तरले हराएको छ।

युवा खेलाडीको बाहुल्यता रहेको अर्जेन्टिना स्टार खेलाडीद्वय लियोनल मेस्सी र सर्जियो अग्युरोबिना मैदान उत्रिएको थियो। खेलको २० औ मिनेटमा लुकास एलारियोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

२७ औ मिनेटमा जोन इस्पिनोजाको आत्मघाति गोलमा अर्जेन्टिना २–० ले अघि बढ्यो । ३२ औ मिनेटमा लिएड्रो ड्यानियलले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई ३–० ले अघि बढाएका थिए ।

४९ औ मिनेटमा ईक्वेडरले एक गोल फर्कायो । एन्जल मिराले गोल गर्दै इक्वेडरको गोल अन्तर कम गर्ने प्रयास गरेका थिए । ६६ औ मिनेटमा जर्मन पेजेलाले अर्जेन्टिनाका लागि चौथो गोल गरे ।

निकोलास डोमिन्मुएजले ८२ औ मिनेटमा अर्जेन्टिनालाई ५–१ ले अघि बढाए । ८६ औ मिनेटमा लुकास ओकाम्पोसले गोल गर्दै अर्जेन्टिनालाई ६–१ को जित दिलाएका थिए ।

मेस्सी अन्तराष्ट्रिय प्रतिबन्धमा परेपछि अर्जेन्टिना नियमित कप्तान बिनै मैदान उत्रदै आएको छ । मेस्सी अर्को महिनाबाट अर्जेन्टिनी फुटबलमा फर्कने विश्वास गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: