पाल्पाली समाजको सामूहिक टीका

Share:

पोखरा । पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संयुक्तरुपमा सामूहिक रुपमा टीकाग्रहण, आशीर्वाद र प्रसादग्रहण कार्यक्रम भएको छ ।

विजयादशमी, शुभदीपावली, नेपाल संवत् र छठ लगायत पर्वको शुभ अवसरमा कोजाग्रत पूर्णिमाको दिन आइतबार पोखरामा सामूहिक टीका लगाउने कार्यक्रम गरिएको समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए ।

कार्यक्रममा पाल्पाली अग्रज ज्येष्ठ नागरिक ९७ वर्षीय खिमानन्द पाण्डे र उनकी धर्मपत्नी ८४ वर्षीया शिवकुमारी पाण्डे, ९१ वर्षीय लिलाभक्त आचार्यले सहभागी सबैलाई दसंैको टीका लगाएर आशीर्वाद दिएका थिए । कार्यक्रममा करिब १ सय जना पाल्पालीले टीका तथा आशीर्वाद ग्रहण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: