एनआरएनए महाधिवेशन आजदेखि काठमाडौंमा

287
0
Share:

काठमाडौं ।  विदेशिएका नेपालीहरूको हक–हितका लागि भनेर स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं अन्तर्रा्ष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट महाधिवेशन उद्घाटन गराउने तय भएको जनाएको छ । हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार, एनआरएनएले नवौं महाधिवेशन गर्न लागेको हो । सम्मेलन ३० गतेसम्म चल्नेछ ।

सम्मेलनमा २५ सय प्रतिनिधि सहभागी हुने संघका महासचिव बद्रि केसीले बताए । राजधानीको होटल हायात रिजेन्सीमा हुने सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीलाई समेट्ने क्रममा संघले ८१ मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषद् गठन गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: