विश्वकप फुटबल छनौटः नेपाल र जोर्डन भिड्दै

Share:

काठमाडौँ – विश्वकप फुटबलको छनौट अन्तर्गत नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । अम्मान अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति पौने १० बजे नेपाल र जोर्डनबिचको खेल सुरु हुनेछ।

विश्वकप छनौटमा हालसम्म भएका तीन खेलमा नेपाल एक खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ । नेपालले मंगलबार प्रतिस्पर्धा गर्न लागेको जोर्डनसँगको विगत राम्रो छैन ।

सन् २०११ को जुलाई २३ मा विश्वकप छनौटको दोस्रो चरणमा जोर्डनसँग नेपाली टोली ९–० ले पराजित भएको थियो । सो हारको बदला दिन मंगलबारको खेलमा जित निकाल्नु पर्छ ।

छनौटको समूह ‘बी’ मा रहेको नेपालले तीन खेलबाट दुई खेलमा हार र एक खेलमा जितसहित ३ अंक बनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: