
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज (बुधबार) पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठममा पार्टी एकताका बाँकी विषय टुंग्याउने र मन्त्रीमण्डल हेरफेर बारेमा छलफल हुने नेकपाले जनाइएको छ ।
नेकपाका कतिपय नेताहरूले पार्टी एकता प्रक्रियाको अन्तिम टुंगो लगाउने सँगसँगै नयाँ मन्त्रीहरूबारे पनि छलफल हुने जनाइएको छ। सरकारमा सुधारका लागि मन्त्रीहरुको फेरबदलको तयारीबारे जानकारी गराउने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
अर्को हप्ताभित्र मन्त्रिमण्डलमा फेरबदलका साथ प्रधानमन्त्रीले गृहकार्य गरिसकेको बुझिएको छ । यसका लागि पार्टी्भित्र छलफल अगाडि बढाउने भएका छन् ।
यसअघि मंगलबारको सचिवालय बैठकले चिनियाँ राष्ट्रपछि सी जिनपिङको नेपाल भ्रमणको समीक्षा गरेको थियो । सी को भ्रमणले नेपाल र चीनको सम्बन्धमा नयाँ उचाइ थपेको निष्कर्ष बैठकले निकालेको थियो ।
