केन्द्र सरकारबाट तनहुँमा लिफ्ट सिंचाईको लागि ६६ लाख ६९ हजार वजेट विनियोजन

Share:

तनहुँ । केन्द्र सरकारबाट तनहुँका १९ वटा लिफ्ट प्रविधिको सिंचाई योजना सञ्चालनको लागि ६६ लाख ६९ हजार रुपैयाँ वजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक कार्यक्रम अन्तर्गत उक्त वजेट विनियोजन भएको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय तनहुँले जनाएको छ ।

प्र्त्येक आयोजनाको लागि जनही ३ लाख ५१ हजार रुपैयाँको दरले वजेट विनियोजन गरिएको कार्यालयका सूचना अधिकारी होमबहादुर भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार नदी, खोला, झरना लगायतको पानीलाई लिफ्ट प्रविधिको माध्यमबाट सिंचाई गर्न योजना छनोट भई वजेट निकासा भएको हो । योजनाको लागि पहिला ३ प्रतिशत उपभोक्ताको लागत सहभागिता हुनुपर्नेमा गएको माघबाट उपभोक्ताले १० प्रतिशत जनश्रमदान वा नगद जम्मा गर्नु पर्ने नियम लागू भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार लिफ्टको लागि व्यास नगरपालिकामा ५ वटा योजना परेका छन् । व्यासमा पर्नेहरुमा फराकचौर सिंचाई योजना, चिन्तुटार लिफ्ट सिंचाई योजना,बासकोट सिंचाई योजना, परेवारह खहरे लिफ्ट सिंचाई योजना र याम्दी चाम्टार लिफ्ट सिंचाई रहेको छ । भानु नगरपालिकामा तीन वटा परेको छ ।

भानुमा पर्नेमा फाउदी खोला लिफ्ट सिंचाई योजना, विराग आर्गानिक फर्म र रानीश्वाराँ पोखरी सिंचाई योजना रहेको छ । भिमादमा पाँच वटा परेको छ । भिमादमा पर्नेहरुमा पँधेरा खेतसिंचाई योजना, कोपाल्टा लिफ्ट सिंचाई योजना, भट्टवारी छहरा सिंचाई योजना, ठुलोफाँट लिफ्ट सिंचाई योजना, सिस्नेरी ठुलो फाँट सिंचाई योजना रहेको छ ।

म्याग्दे , देवघाट गाउँपालिकामा एक एक र रिसिङ गाउँपालिकामा दुई वटा योजना परेको छ । म्याग्देमा छाङ्ग पाटन लिफ्ट सिंचाई योजना परेको छ । देवघाटमा छिपछिपे फलफुल सिंचाई योजना रहेको छ । रिसिङमा पर्नेमा नारायणटार लिफ्ट सिंचाई योजना र खेतखोला लिफ्ट सिंचाई योजना रहेको छ । शुक्लागण्डकी नगरपालिकामा दुई वटा योजना परेको छ । शुक्लामा पर्नेमा अस्याङ्दी खोला सिंचाई आयोजना र सेरावेशी लिफ्ट सिंचाई योजना रहेको छ । झण्डै एक सय वटा माग परे पनि प्राविधिकहरुको टोलीले अनुगमन गरि १९ वटा छनोट गरिएको कार्यालयका शाखा अधिकृत गोविन्द लम्सालले बताए ।

कमेन्ट गर्नुहोस्
Share: