प्रहरी कार्यालयभित्र मदिराका बोतल, तस्वीर खिच्ने पत्रकारमाथि दुर्व्यवहार

597
0
Share:

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन परिसरभित्र मदिराका वोतलहरु छरपस्ट फालिएको अवस्थामा फेला परेका छन्। कार्यलयको सेवाग्राही जाने शौचालयनजिक विभिन्न ब्रान्डका मदिराका बोतलहरु फेला परेको हो।

बिहीबार मदिराका बोतल देखेपछि तस्बिर खिच्नेक्रममा पत्रकार केदार शर्मा र सूर्य बराललाई प्रहरीले केही समय नियन्त्रणमासमेत लिएको थियो। आफूहरूलाई करिब ४५ मिनेट नियन्त्रणमा लिएर रिहा गरेको पत्रकार शर्माले बताए। शर्माको मोबाइल खोसेर मोबाइलमा खिचेको तस्वीरसमेत प्रहरीले ‘डिलिट’ गरेको र प्रहरीले दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको शर्माले बताए ।

पत्रकार शर्मा न्युज २४ चितवन संवाददाता हुन भने बराल भण्डाफोर डटकमका संपादक हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले घट्ना सामान्य रहेको बताए।

कमेन्ट गर्नुहोस्
Share: