विप्लव समूहका दुई नेता पक्राउ

Share:

नवलपरासी । नेत्रविक्रम चन्द विप्लव समूहका दुई नेता नवलपरासीपूर्वबाट पक्राउ परेका छन् । नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विकलाई पक्राउ गरेको हो ।

उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पछिल्लो समय विप्लव समूहका नेता–कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । बिहीबार मात्रै दाङबाट उसका २१ नेता पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: