सरकार फेरबदलको कुनै सम्भावना छैन- अध्यक्ष प्रचण्ड

433
0
Share:

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेरबदलको कुनै सम्भावना नरहेको बताएका छन् । उनले मिडियामा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको जिकिर गरे ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘यति जना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ त्यसमा कुनै सत्यता छैन, हामीले त्यस्तो कुनै चर्चा गरेका छैनौँ’।

सरकार फेरबदलको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीमा भर पर्ने भएकोले यो प्रश्न आफूलाई नगर्न पनि प्रचण्डले पत्रकारलाई आग्रह गरे । प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन भए सुदूरपश्चिमलाई प्राथमिकता दिइने प्रतिवद्धता जनाए ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: