तनहुँको एक सामुदायिक विद्यालयलाई ५ सेट कम्प्युटर हस्तान्तरण

Share:

तनहुँ । उत्तम प्रसाद अधिकारी/सामुदायिक विद्यालयलाई प्रविधि मैत्री वनाउनको लागि तनहु जिल्ला म्याग्दे गाँउपालिका, वडा नं. ६ केन्द्र भञ्याङ स्थित रत्न माध्यामिक विद्यालयलाई आज एक समारोहका विच ५ थान कम्प्यूटर सेट हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष एवम् नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. का कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाईले वडा अध्यक्ष वसन खनाल, गाँउपालिका शिक्षा प्रमुख वुद्धिसागर खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केश वहादुर राना र विद्यालयका प्रधानध्यापक रमेश भट्टराईलाई सामुहिक रुपमा कम्युटर हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रमको आयोजना चार रोट्याक्ट क्लवहरु रोट्याक्ट क्लव अफ दमौली, लिवर्टी कलेज, पर्वत पोखरा र रोट्याक्ट क्लव अफ सुकेधाराले संयुक्त रुपमा गरेका थिए भने कम्प्युटरको प्रायोजन काठमाण्डौ स्थित लिवर्टी कलेजले गरेको थियो । कार्यक्रममा विश्व हातधुने दिवसका अवसरमा साप्तहिक कार्यक्रम अन्र्तगत विद्यार्थीलाई सरसफाई सामाग्री झोला समेत वितरण गरिएको थियो ।

कार्यक्रममा वोल्दै प्रसाईले विश्वकै पुरानो र ठूलो मानवीय सेवामुलक संस्था रोटरीको अन्र्तगत युवा पिंढी रोट्याक्टहरुले आफ्नो व्यक्तिगत खर्च कटाएर दुर्गम भौगोलिकतामा अवस्थित सामुदायिक विद्यालयमा कम्प्युटर वितरण गर्नु सह्रानीय भएको बताए । उनले कम्प्युटर लगायत भौतिक सुविधा जति भए पनि बालबालिकाले परिक्षामा उत्कृष्ठ अंक ल्याउन नसकेमा शैक्षिक गुणस्तर कायम नहुने भन्दै शिक्षक, विद्यार्थी र अभिभावक विचको असल सम्वन्धवाट मात्र शैक्षिक गुणस्तर कायम हुनेमा जोड दिए । अभिभावकको आयस्तरमा सुधार नभएसम्म शैक्षिक गुणस्तर कायम हुन नसक्ने भन्दै सामाजिक परिचालनको साथै विपन्न अभिभावकको आयवृद्धिको लागि नेष्डो समृद्ध लघुवित्तीय संस्थाको सेवालाई समुदायमा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा वडा अध्यक्ष वसन थापाले रोट्याक्टले दुर्गम स्थानमा प्रविधियुक्त शिक्षाको लागि कम्प्युटर उपलव्ध गराएकोमा सह्राना गर्दै यसको सदुपयोगितासंगै भविस्यमा पनि थप अवसर सृजना हुने बताए। यसै गरी म्याग्दे गाँउपालिकाका शिक्षा प्रमुख वुद्धि सागर खनालले दिएका उपकरणको सदुपयोग हुनुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केश वहादुर राना, प्रधानध्याक रमेश भट्टराई, रोट्याक्ट क्लव अफ लिवर्टी कलेजका आईपिपी विनय महर्जनले गुणस्तरीय शिक्षाको लागि उपकरण र प्रविधिको महत्ववारे चर्चा गरे ।

कार्यक्रम रोट्याक्ट क्लव अफ दमौलीका अध्यक्ष मनोज राउतको अध्यक्षता, रोट्याक्ट क्लव अफ पर्वत पोखराका अध्यक्ष रभिन पोखरेलको धन्यवाद, रोट्याक्ट क्लव अफ दमौलीका साप संयोजक सन्जु घले स्वागत र पर्वत पोखराका सचिव सुस्मा प्रसाइको सञ्चालनमा सम्पन्न भएको र शनिवार श्रीराम आधारभुत विद्यालयमा सुद्ध खानेपानी सेवा हस्तान्तरण गर्ने कार्यक्रम रहेको रोट्याक्ट डिष्टिक, जोन चारका जेडआरआर सुदिप प्रसाईले बताए ।

कमेन्ट गर्नुहोस्
Share: