
काठमाडौं । त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको छ। अस्पतालका प्रत्यारोपण चिकित्सक प्रा. डा. रमेशसिंह भण्डारीको टोलीले करिब ८ घन्टा लगाएर सो प्रत्यारोपण गरेको हो ।
रुपन्देहीका ५२ वर्षीय पुरुष बिरामीलाई उनका २७ वर्षीय छोराले प्रदान गरेको कलेजोको प्रत्यारोपण सफल भएको हो । प्रत्यारोपित बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ ।
प्रा. डा. भण्डारीकाअनुसार अस्पतालमा यो प्रत्यारोपण तेस्रोपटक सफलतापूर्वक सम्पन्न भएको हो । गत जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण भएको थियो । पहिलो प्रत्यारोपणमा ३३ वर्षीया छोरीले ५८ वर्षीय आफ्ना पितालाई कलेजो दिएकी थिइन् ।
विदेशको तुलनामा नेपालमा कलेजो प्रत्यारोपण कार्य सस्तो छ । प्रा.डा. भण्डारीकाअनुसार करिब रु २५ लाखमा कलेजो प्रत्यारोपण गर्न सकिनेछ । आफ्ना परिवारभित्रका सदस्यले मात्र कलेजो दान गर्नसक्ने कानुनी प्रावधान छ ।
