
काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमारको राजकीय भ्रमण पूरा गरी आइतबार जापान प्रस्थान गरेकी छिन् ।
राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान गएकी हुन्। थाइ एयरवेज थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल आइतबार राति जापान पुग्नेछ ।
जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली राष्ट्रपतिसहितको प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ।
राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्माको धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यु आङ को, याङ्गुनका मुख्यमन्त्री यु फियो मिन थिन र म्यान्मारको लागि नेपाली राजदूत गणेशप्रसाद ढकाललगायतले बिदाइ गरेका छन् ।
