
एजेन्सी। स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा एइबरमाथि बार्सिलोनाले प्रभावशाली जित हात परेको छ। एइबरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३-० को जित हात पारेको हो।
पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गरेको हो । बार्सिलोनालाई जिताउन एन्टोनी ग्रिजम्यान, लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे ।
यस्तै लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले हार बेहोरेको छ। नवप्रवेशी क्लब मार्लोकासंग रियल १–० ले पराजित भएको हो ।
यस्तै शनिबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिड र भ्यालेन्सियाले १–१ को बराबरी खेलेका छन् । यस्तै गेटाफेले लेगानेसलाई २–० ले पराजित गरेको छ ।
शनिबारको खेल पछि बार्सिलोना अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। ९ खेलबाट १९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो ।
