कालीगण्डकी डाइभर्सन रोक्न कात्तिक २२ गते ‘कालीगण्डकी महोत्सव’ (अडियो)

264
0
Share:

पाल्पा । कालीगण्डकी नदीको अस्तित्व बचाउन र डाइभर्सन हुनबाट रोक्न कालीगण्डकी महोत्सव हुने भएको छ । कालीगण्डकीलाई डाइभर्सन गरेर तिनाउमा लैजाने योजनाको विरोध गर्दै दबाबस्वरुप महोत्सव आयोजना गर्न लागिएको हो ।

पाल्पाको रम्भा गाउँपालिकाकाको आयोजनामा नदीको महत्व बचाउन र डाइभर्सन हुनबाट जोगाउन आउँदो कात्तिक २२ गते हरिबोधनी एकादशीका दिन बृहत् कालीगण्डकी महोत्सव गरिने भएको छ ।

महोत्सवका लागि गाउँपालिकाले रु दुई लाख रकम विनियोजन गरेको छ । रम्भा गाउँपालिकाको वडा नं १ हुँगी असेर्दी उत्तरबाहिनी क्षेत्रमा हुने महोत्सवमा प्रभावित क्षेत्रका सबैजसो नागरिकको सहभागिता गराउने गाउँपालिकाले जनाएको छ ।

पाल्पा र स्याङ्जाको सिमाना राम्दीबाट डाइभर्सन गरी तिनाउमा लैजाने योजना छ । राम्दीदेखी तल्लो तटीय क्षेत्रका स्थानीय सरकार तथा नागरिकले डाइभर्सनको विरोध गर्दै आइरहेका छन् ।

कालीगण्डकी संरक्षण गर्ने, शालिकग्रामको धार्मिक महत्व उजागर गराउने र धार्मिक संस्कृति संरक्षण गर्न राष्ट्रिय भजन प्रतियोगिता गर्ने उद्देश्यले कालीगण्डकी महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारी::

कमेन्ट गर्नुहोस्
Share: