आन्तरिक पर्यटन प्रबद्र्धन गर्दै फोटोग्राफर संघ गण्डकी बन्दिपुर होमस्टेमा

Share:

तनहुँ।आन्तरिक पर्यटन बर्ष २०१९ को प्रबद्र्धन गर्दै फोटोग्राफर संघ गण्डकीले फोटोग्राफी क्षेत्रका चुनौती र समाधानका उपाय शिर्षकमा अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । पहाडकी रानी भनेर चिनीने तनहुंको पर्यटकीय स्थल बन्दीपुरमा कार्यक्रम संचालन भएको थियो । कार्तीक १ र २ गते दुई दिन सम्म बन्दीपुरका बिभिन्न पर्यटकीय स्थानहरुको अवलोकन पश्चात बन्दिपुर सामुदायीक होमस्टेमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा ब्यवसायिक एक्यबद्धता जनाउदै गण्डकी प्रदेश अन्र्तगत सात जिल्लाका फोटोग्राफरहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानिय तह देखि जिल्ला तथा प्रदेशमा देखिएका फोटोग्राफी क्षेत्रका समस्या र चुनौतीका बारेमा छलफल भएको थियो । फोटोग्राफी क्षेत्र एक प्राबिधिक क्षेत्र भएको हुंदा समाज रुपान्तरणमा यसको बिशेष महत्व रहदा रहदै पनि सरकारी क्षेत्रबाट सधै उपेक्षीत रहनु परेको कार्यक्रका बक्ताहरुले बताए । यस प्रकारको समुदायका हरेक कृयाकलापहरुमा सिधै सम्पर्कमा रहेको पेशालाई केहि ब्यक्तिहरुले अमार्यादित र अस्वस्थ प्रतिस्प्रधात्मक बनाउने प्रयत्न गरेकोमा सवैको दुखेसो रहेको थियो ।

एउटा सरकारी निकायमा ब्यवसाय दर्ता गरेर बैधानिक तरिकाले ब्यवसाय गर्ने ब्यत्ति र एउटा क्यामेरा मात्र बोकेर फोटोग्राफी गर्ने ब्यक्तिलाई सरकारी निकायले एउटै नजरले हेर्ने प्रकृयालाई सवैले दुखको कुरा मानेका छन । नगरपालिका , महानगरपालिका लगायत स्थानिय तह देखि घरेलु तथा बाणिज्य हुदै आन्तरिक राजस्वकार्यलयमा ब्यवसाय दर्ता गर्ने ब्यवसायी र एउटा क्यामेरा बोकेर फोटोग्राफी गर्ने ब्यक्तिमा सरकारी निकाय गम्भीर अनुगमन नहुंदा ब्यवसायी मर्कामा परेको सवैको गुनासो रहेको थियो ।

त्यस्तै गरि हरेक क्षेत्रमा टासिने फोटोका साईज आआफ्नै स्वैच्छिक तरिकाका हुनु र नेपाल सरकारले फोटोको स्टान्डर्ड साईज निक्यौल गर्न नसक्नु दुखको कुरा रहेको सवैले बताए । अहिले नेपाल सरकारले एम.आर.पि. भन्दा अन्य साईजमा कुनै ध्यान पुर्याउन सकिरहेको देखिदैन ।
वडाकार्यालय देखि बिभिन्न सरकारी निकायहरुमा प्रयोग हुने फोटोको साईज र गुणस्तरका बारेमा साथै बिधालयहरुमा प्रयोग हुने फोटोहरुको कुनै निश्चित मापदण्ड नहुदा मनोपली बढीरहेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: