सन्दीप ‘द हन्ड्रेड’मा छनौट, हालसम्मकै सर्वाधिक मूल्यमा अनुबन्धित

525
0
Share:

काठमाण्डौ। नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले द हन्ड्रेड अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामा लागि छ्नोट भएका छन् ।

आइतबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप ओभल इन्भेन्सीबल्समा अनुबन्धित भएका छन् । इन्भेन्सीबल्सले सन्दीपलाई १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख) नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको हो ।

सन्दिपको टिममा रहेका चर्चित खेलाडीहरुमा टोम कुरान, रेली रोस्वो, साम कुरान, जेसोन रोय, सुनील नारान, साम बिलिङ लगायत छन् । विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् ।

इंग्ल्याण्ड र वेल्स क्रीकेट बोर्डको आयोजनामा हुने प्रतियोगिता अर्को बर्षको जुलाईमा गरिनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेने छ ।

कमेन्ट गर्नुहोस्
Share: