१० लाख युरोसहित ५ पक्राउ

206
0
Share:

काठमाडौं– अवैध १० लाख युरोसहित प्रहरीले रुपन्देहीको सैनामैनाबाट ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैदान २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङ २ का गणेश सुनार रहेका छन् । सो युरो १२ करोड ८० लाख रुपैयाँ बराबर हुन आउने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी निरीक्षक प्रमोद कुमार खत्री नेतृत्वको टोलीले सैनामैना २ स्थित सरौलीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ६ थान मोबाइल, वान मिलियन युरो लेखिएको त्रिभूजाकार र आयातकार धतु समेत बरामद भएको प्रदेश २ का डीआईजी महेश विक्रम शाहले जानकारी दिए ।

बरामद रकम राष्ट्र बैंक पठाइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: