ओली, प्रचण्ड र देउवाबीचको बैठक निष्कर्षविहिन

2207
0
Share:

काठमाण्डौ। बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएको छ। प्रधानमन्त्री निवासमा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेटघाट भएको हो।

सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग नेतृत्व छान्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो। तर उक्त बैठक कुनै निष्कर्ष बिना टुङ्गिएको छ।

छलफलमा सहभागी नेपाल कम्युनिष्ट पार्टी नेकापाका नेता सुवासचन्द्र नेम्वाङले सत्य निरुपण तथा बेपत्ता आयोगबारे बनेको विधेयकका बारेमा सामान्य छलफल भएपनि कुनै निष्कर्ष ननिस्केको प्रतिक्रिया दिए ।

आइतबार पनि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच युद्धकालीन मुद्दालाई कसरी निष्कर्षमा पुर्याउने भन्ने बारेमा छलफल भएको थियो ।

बालुवाटार श्रोतका अनुसार सोमबारको बैठकमा रिक्त सभामुख पद पूर्तिका विषयमा समेत छलफलल भएको थियो । यसअघि सत्यनिरुपण तथा वेपत्ता आयोगका लागि विधेयक सरकारले ल्याएपनि आयोगको अध्यक्ष नियुक्ति हुन नसक्दा त्यसबारेको काम कारवाही ठप्प जस्तै बनेको छ ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: