सर्यो पीपीएल-२, सागपछि हुने

398
0
Share:

पोखरा। दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० फ्रेन्चाईज क्रिकेट लिग एक महिना पछि परेको छ । पीपीएल अब १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि हुने भएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने प्रतियोगिताको नयाँ मिति डिसेम्बर १४ देखि २८ तोकिएको छ । यसअघि पीपीएल कात्तिक २६ देखि मंसिर ७ गतेसम्म आयोजना हुने गरी मिति घोषणा भएको थियो ।

मेरिलेबोन क्रिकेट क्लबको नेपाल भ्रमण र यु–१९ क्रिकेट टोलीको विदेश भ्रमण तथा सागले गर्दा मिति सार्नु परेको पीपीएलको आयोजकले जनाएको छ ।

पोखरा क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । पीपीएलमा विराटनगर टाईटन्स,चितवन राईनाेज,पाेखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

पहिलो संस्करणको उपाधि पाेखरा पल्टनले जितेको थियो । प्रतियोगिताको धन राशि भने खुलाइएको छैन ।

कमेन्ट गर्नुहोस्
Share: