विद्युतीय बस खरिदमा ढिलाइ हुने

422
0
Share:

काठमाडौं ।साझा यातायातले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले बजेट निकासा दिएर खरिद गर्न लागेको विद्युतीय बस मन्त्रालयले तोकेको मापदण्ड (स्पेसिफिकेसन)भन्दा फरक परेको छ ।यसअघि काठमाडौँमा सञ्चालन गर्न उद्घाटन गरेका पाँचवटा विद्युतीय बस पनि सम्झौताविपरीत भएकाले सिंहदरबारमा थन्किएका छन् ।

साझाले पहिला तोकेको भन्दा फरक मापदण्डमा बस खरिदको बोलपत्र आह्वान गर्न लागेपछि मन्त्रालयले यसलाई तत्कालका लागि रोकेको बताएको छ ।भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले तीन सय विद्युतीय बस खरिद गर्न साझा यातायातलाई गत असारमा तीन अर्ब रुपियाँ निकासा दिएको थियो ।

तर चार महिना लाग्दा पनि काममा प्रगति नभएको र स्पेसिफिकेसन पनि फरक पार्न थालेको भन्दै मन्त्रालयले गत असोजमै पत्रमार्फत प्रक्रिया स्थगन गराएको थियो ।तोकेको मापदण्डभन्दा फरक बोलपत्रमा जाने हो भने मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने भन्दै मन्त्रालयले तत्कालका लागि रोकेको हो । तीन महिनाको परियोजना प्रतिवेदन पनि सन्तोषजनक नभएको मन्त्रालयले जनाएको छ ।

पहिले पनि सम्झौताविपरीत
२०७५ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रै विद्युतीय बस उद्घाटन गरेका थिए । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै लुम्बिनीमा सञ्चालनका लागि ल्याइएका पाँचवटा ठूला विद्युतीय बस काठमाडौँमा सञ्चालन गर्ने भनेर उद्घाटन गरिएको थियो ।तर उक्त बस खरिद सम्झौताभन्दा फरक पाइएपछि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले छानबिन गरेको थियो ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले भने, पाँचवटा बसको खरिद सम्झौताभन्दा फरक पाइयो, रिप्लेस गर्न हामीले सम्झौता अनुसारको हुनुपर्छ भनेर एडीबी र निर्माण कम्पनीलाई पत्राचार गरेका छौँ । बस दक्षिण एसिया पर्यटन पूर्वाधार आयोजनाले चाइनाको बीवाइडी सलायर्स कम्पनीसँग खरिद गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: