‘ह्याप्पी तिहार, चिसो बीयर’ विवाद: गायक दुर्गेश थापा पक्राउ

1423
0
Share:

काठमाण्डौ। गायक दुर्गेश थापा मंगलबार पक्राउ परेका छन्। तिहार सम्वन्धि विवादस्पद गीत सार्वजनिक गरेका गायक दुर्गेश थापालाई प्रहीले पक्राउ गरेको हो । थापालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बालाजुबाट पक्राउ गरेको हो।

गायक थापाले ‘ह्याप्पी तिहार, चिसो बीयर’ बोलको गीतका कारण विवादमा तानिए । यो गीतमा रक्सी, गाजा लगायत खान प्रोत्साहन दिने गरी म्युजिक भिडीयो सार्वजनिक गरेपछि विवादमा तानिएका थिए।

उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले थापाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: