सार्वजनिक माफी मागेपछि दुर्गेश थापा रिहा

735
0
Share:

काठमाण्डौ। उच्छ्रङ्खल गीत गाएर पक्राउ परेका गाएक दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि रिहा भएका छन्।

उनले सार्वजनिक रुपमा आफूबाट गल्ती भएको स्वीकार गरेका थिए। ‘मबाट गल्ती भयो, यसका लागि म माफी माग्छु, कानुनमा केके छ भनेर हामी कलाकारहरुले ख्याल पुर्‍याउनुपर्ने रहेछ, मैले जस्तो अरु कलाकारले भोग्नु नपरोस्,’ उनले भने।

विवादमा आएपछि गायक दुर्गेश थापाले आफ्नो उक्त गीत युट्युबबाट हटाएका छन् । तिहार सम्वन्धि विवादस्पद गीत सार्वजनिक गरेका गायक दुर्गेश थापालाई प्रहीले पक्राउ गरेको थियो ।

थापालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बालाजुबाट पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: