एएफसी छनोटको पहिलो खेलमा नेपालले आज ताजिकिस्खेतानसँग खेल्दै

766
0
Share:

काठमाडौं ।  एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले आज (बुधबार) बलियो टिम ताजिकिस्खेतानसँग प्रतिस्पर्धा गर्दैछ ।

उत्कृष्ट नतिजा निकाल्ने योजना सहित छनोटका लागि इरान पुगेको नेपालले अपरान्ह ताजिकिस्तानको सामना गर्नेछ । नेपाल र ताजिकिस्तान बीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ः१५ मा सुरु हुनेछ ।

छनोटको सेन्टर र साउथ जोनमा रहेको नेपाल समूह ’ए’ मा रहेको छ । नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।

नेपालले दोस्रो खेलमा उज्वेकिस्तान सँग कात्तिक ७ गते खेल्नेछ । अन्तिम खेलमा नेपालले अफगानिस्तान सँग कात्तिक ८ गते खेल्नेछ ।
छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: