ठेक्का पट्टा विवादका कारण जनकपुरमा ठेकेदारको गोली हानी हत्या

397
0
Share:

धनुषा । धनुषामा एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या गरेका छन् ।

जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको बुधबार बिहान गोली हानी हत्या भएको हो । ३५ वर्षीय पंकज चौधरीले आफ्नै घरमा आएका साहलाई बुधबार बिहान गोली हानी हत्या गरेको धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।

साह र चौधरीबीच ठेक्का पट्टा विवाद रहेको र यही विषयमा कुरा गर्न जाँदा गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मनोजका आफन्तका अनुसार रकम असुल्नका लागि ताकेता गर्न उनी पंकजको घर गएका थिए । प्रहरीले गोली हानी साहको ज्यान लिने चौधरीलाई नियन्त्रणमा लिएको छ । पंकजको साथबाट कटुवा पेस्तोलसमेत बरामद भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: