तिहारपछि अनसन बस्ने डाक्टर केसीको चेतावनी

309
0
Share:

काठमाडौँ – अवकाश प्राप्त डाक्टर गोविन्द केसीले यही कात्तिक १८ गतेदेखि अनसन बस्ने चेतावनी दिएका छन् ।

विद्यार्थीमाथि भएको सांघातिक हमला बन्द गर्नुपर्ने र सरकारले दिएको समयसीमाभित्र बढी असुलिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै डाक्टर केसीले यदि यस्तो नभए आफू पुनः अनसन बस्ने चेतावनी दिएका हुन् ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीले भने, ‘सरकारले दिएको समयसीमाभित्र अवैध रुपमा असुलिएको शुल्क फिर्ता नगर्ने सबै मेडिकल कलेजका सञ्चालकहरुलाई तत्काल फौजदारी कसुरअन्तर्गत पक्राउ र कारवाही गर्न जोडदार माग गर्दर्छौं ।’

कमेन्ट गर्नुहोस्
Share: