परम्परागत पासोमा यसरी पर्यो नरभक्षी चितुवा (भिडियो हेर्नुहोस)

Share:

तनहुँ । तनहुँको भानु नगरपालिकामा एक नरभक्षी चितुवा खोरमा परेको छ । भानु-३ स्थित दोरदोरटार देउराली सामुदायिक वनमा थापिएको खोरमा सोमबार चितुवा परेको हो। चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित रहँदै आएका छन् ।

नरभक्षी चितुवालाई खोरमा फसाउन केही दिन अघिदेखि नै बाख्रा सहितको परम्परागत पासो बनाएर राखिएको थियो । खोरमा परेको सो भाले चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज पठाइएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

यसअघि भानु-२ मा नगरपालिकाको कार्यालय नजिकै नारेश्वटारमा बनाइएको काठे खोरमा पोथी चितुवा परेको थियो । नगरपालिकामा पछिल्लो डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट पाँच बालबालिकाले ज्यान गुमाएका छन् ।

घरमै पुगेर आक्रमण गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय र नगरपालिकाको समन्वयमा स्थानीय, जनपद र सशस्त्र प्रहरीले गस्ती अगाडि बढाइएको छ। चितुवा आतंक बढेपछि नगरपालिकाले अभिभावकलाई बालबच्चा एक्लै नछाड्न आग्रह गरेको छ । सो क्षेत्रमा अन्य चितुवा पनि भएको अनुमान गरिएको छ ।

भिडियो हेर्नुहोस::

कमेन्ट गर्नुहोस्
Share: