विश्व सम्पदा सूचिमा रहेको जापानको शुरी दरबार आगलागीबाट ध्वस्त

470
0
Share:

काठमाडौं । जापानको दक्षिणी टापू ओकिनावामा रहेको विश्व सम्पदा सूचिमा सूचिकृत दरबारमा आगलागी भएको छ । ओकिनावा स्थित ऐतिहासिक तथा सांस्कृतिक महत्वको शुरी कासल (महल) मा बिहीबार बिहान आगलागी भएको हो ।

आगलागीबाट दरबारको मुख्य हललगायत अन्य संरचनाहरु पूर्णरुपमा जलेका छन् भने आगो अझै नियन्त्रणमा आइसकेको छैन । बिहीबार बिहान २ बजेर ४७ मिनेटमा आकस्मिक अग्निनियन्त्रकहरुलाई आगलागीको खबर आएको र त्यसलगत्तै अग्निनियन्त्रकको टोली तत्काल घटनास्थलान पुगेर आगो निभाउने काम थालेको जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके ले जनाएको छ ।

झण्डै पाँच सय वर्षअर्घि यूक्यू राजवंशका लागि राजदरबारका रुपमा निर्माण गरिएको शुरी दरबार पटक पटक आगलागीमा पर्दै र पुनर्निमाण हुँदै आएको थियो । सो कासललाई सन् १९३३ मा जापानको राष्ट्रिय सम्पदाका रुपमा घोषित गरिएको थियो । यस अघि सबैभन्दा पछिल्लो पटक सन १९४५ मा भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: