
काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ग्राण्डी अस्पताल पुगेका छन् ।
नेकपा अध्यक्ष प्रचण्ड केही समय अगाडि मात्रै पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल आइपुगेका हुन् ।स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार ग्राण्डी अस्पताल भर्ना भएका थिए ।
ग्राण्डी अस्पतालमा भर्ना भएपछि बुधबारै प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिएको जनाइएको छ । केही समय अगाडि मात्रै नेकपाका प्रवक्ता प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेता भीम रावललगायत ओलीको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।
कमेन्ट गर्नुहोस्
