
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका नयाँ कप्तान ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन्।
शुक्रबार ट्वीट गर्दै उनले कप्तान मल्ललाई शुभकामनासहित उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे ।नियमित कप्तान पारस खड्काले राजीनामा दिएपछि केहि दिन अघि मात्र मल्ल अप्तान चुनिएका थिए।
नेपाली क्रिकेट टोलीको कप्तान छानिनु भएकोमा
ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने विश्वास सहित शुभकामना व्यक्त गर्दछु ।— K P Sharma Oli (@kpsharmaoli) November 1, 2019
कमेन्ट गर्नुहोस्
