
काठमाण्डौँ । जबर्जस्ती करणी उद्योगको मुद्दा लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामाथि आज (आइतबार) थुनछेकको बहस हुँदैछ । गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयान लिने क्रम सकिए पनि हिजो शनिबार परेकाले थुनछेक बहस आइतबार मात्र हुन लागेको हो ।
महरालाई बिहान १० बजे नै अदालतमा उपस्थित गराउने तयारी भएको छ । अदालतको बन्द इजलासमा शुक्रबार भएको बयानमा महराले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै पीडित भनिएकी महिलालाई सम्झाउन गए पनि फोन नउठेपछि कोठामा नगई फर्किएको र आफूले सभामुखको मर्यादा कायम राखेको बताएका थिए ।
थुनछेक बहस सकिएपछि महरालाई तारिखमा वा धरौटीमा रिहा गर्ने वा पूर्पक्षका लागि थुनामा राख्ने भन्ने फैसला अदालतले गर्नेछ ।
संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुब्र्यबहार गरेको आरोप लागेपछि गत असोज १९ गते महरा बालुवाटारस्थित सभामुखको निवासबाट पक्राउ परेका थिए ।
