कांग्रेसले आज उम्मेद्वार टुंगो लगाउँदै

365
0
Share:

काठमाडौँ । नेपाली काँग्रेसले आज (आइतबार) उपचुनावका लागि उम्मेद्वार टुंगो लगाउने भएको छ । मंसिर १४ गते हुने उपचुनावका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

यसअघि शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवार टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको थियो। बैठकले कास्की क्षेत्र नम्बर २ तथा प्रदेशसभा तर्फ भक्तपुर १ (ख), दाङ ३ (ख) र बाग्लुङ २ (ख) का उम्मेदवारको टुंगो लगाउने जनाइएको छ । यस्तै धरान उपमहानगरपालिकाको उम्मेदवारको तय पनि पदाधिकारीले गर्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: