कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार

Share:

कास्की। राप्रपाले प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नं. २ मा पार्टीका केन्द्रीय सदस्य रोम बहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । मंसिर १४ गतेको उपनिर्वाचन चनका उम्मेद्वारहरु छनौट गर्न अध्यक्ष कमल थापाको अध्यक्षतामा राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यसैगरी प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा भूपाल रावत र वागलुङ २ (ख) मा गणेश कुँवरलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । भक्तपुर १ (क) को हकमा भने यथाशिघ्र उम्मेद्वारको टुंगो लगाइने भएको छ ।

यस्तै समाजबादी पार्टीले पनि आइतबारनै उम्मेदवारको टुंगो लगाएको छ । समाजवादी पार्टीले कास्की-२ मा धर्मराज गुरुङलाई उम्मेदवार घोषणा गरेको छ। पार्टीको गण्डकी प्रदेश कमिटीले गुरुङसंगै रामबहादुर नेपाली, किरण थापाको नाम सिफारिस गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: