
काठमाडौँ – राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराम श्रेष्ठबारे छानबिन गर्न राष्ट्र बैंक सञ्चालक समितिले समिति बनाएको छ।
सरकारले डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्न निर्देशन दिएपछि सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले तीन सदस्यीय छानबिन समिति बनाएको हो ।
राष्ट्र बैंकका सञ्चालक डा. श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालक रामजी रेग्मी र डा. सुवोधकुमार कर्ण सदस्य रहेको समिति बनाइएको हो । छानबिन समितिले एक महिनाभित्र श्रेष्ठमाथि लागेको आरोपलगायतका बारेमा प्रतिवेदन दिनेछ ।
छानबिन समिति गठनसँगै श्रेष्ठ निलम्बन परेका छन्।
कमेन्ट गर्नुहोस्
