सांसद आलमविरुद्ध अभियोगपत्र दर्ता, जन्मकैदको माग

382
0
Share:

पोखरा। सांसद मोहम्मद अफताब आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ ।

जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो। आलमसहित १० जनालाई जन्मकैदको माग गर्दै अदालतमा जाने निर्णय गरेको हो।

कार्यालयले आलमविरुद्ध विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसूरमा कारबाही गर्न माग गर्दै अभियोगपत्र दायर गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: