
काठमाडौँ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा आजपनि बसीरहको छ । बैठक नौ बजे देखी देउवा निवास बुढानिलकण्ठमा बसीरहेको हो ।
हिजो दिनभरजसो बैठकले उम्मेदवार चयन गर्न नसकेपछि आज फेरी बस्न लागेको हो । हिजो बसेको बैठकमा उम्मेदपार चयनको विषयमा विवाद भएको थियो । जसको कारण उपनिर्वाचनको लागि उम्मेदवार टुंगो लाग्न सकेको थिएन । प्रतिनिधि सभा अन्तरगतको कास्की २ मा विवाद रहेको बताइएपनि अन्य क्षेत्रमा समेत नेताहरुले उम्मेदवार चयन हुन सकेको छैन ।
गतशुक्रबार समेत उम्मेदवार टुंगो लगाउन भन्दै केन्द्रिय समितिको बैठक बोलाइएको भएपनि शीर्ष तहमा कुरा नमिल्दा पदाधिकारीलाई नै सो बारे निर्णय गर्न अधिकार दिइएको थियो ।
उम्मेदवार चयन गर्ने विषयमा विवाद बढ्दै गएपछि पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई समेत राख्ने गरी केन्द्रिय समितिबाट निर्णय भएको थियो ।
त्यसको पर्सिपल्ट अर्थात आइतबार पुनः सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बैठक बोलाइएको थियो । आइतबारका लागिबोलाइएको बैठक भने बस्दै नबसी सारिएको थियो ।
