
पोखरा। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)मा पोखराका ६० भन्दा बढी युवा पार्टी प्रवेश गरेका छन् । आज पार्टी कार्यालय पोखरामा एक कार्यक्रमका माझ उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
आज एक कार्यक्रमका माझ ६० बढी युवाले पार्टी प्रवेश गरेको राष्ट्रिय प्राजातान्त्रिक युवा संगठनका केन्द्रिय सदस्य मनिष केसीले जानकारी दिए ।
उनीहरुलाई राप्रपा गण्डकी प्रदेश समिति प्रमुख हेमजंग गुरुङ र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीका अध्यक्ष विजय बहादुर भण्डारीले पार्टी प्रवेश गराएका हुन् ।
कार्यक्रममा कास्की २ उपनिर्वाचनका उम्मेदवार रोम बहादुर भण्डारी, केन्द्रिय सदस्य जयलाल पुन, राप्रपा पोखराका अध्यक्ष मोतिमान शाक्य, राष्ट्रिय प्राजातान्त्रिक युवा संगठन कास्कीका अध्यक्ष हिक्मतजंग कार्की लगायत पार्टीका अन्य नेता कार्यकर्ता उपस्थित रहेका थिए।
यस्तै आज राप्रपाका रोम बहादुर भण्डारीले कास्की २ उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता गरेका छन् । पार्टीका नेता कार्यकर्ता सहित प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेर भण्डारीले मनोनयन दर्ता गरेका हुन् ।
मनोनयन दर्ता गर्नु पुर्व राप्रपाले आजै पृथ्वीचोकमा कोण सभा गरेको थियो। उक्त कोण सभाको अध्यक्षता राप्रपा अध्यक्ष कमल थापाले गरेका थिए । कोण सभापछि थापाकै नेतृत्वमा राप्रपाले पृथ्वीचोकदेखि निर्वाचन कार्यालय कास्कीसम्म र्याली समेत निकालेको थियो।
