विश्वोकपको झल्को दिने सुपर ओभरमा इङ्ल्यान्ड विजयी

407
0
Share:

एजेन्सी। घरेलु टोली न्युजील्याण्डविरुद्धको पाँच खेलको टी–२० क्रिकेट सिरिज इङ्ल्यान्डले जितेको छ । आइतबार भएको पाँचौं तथा अन्तिम खेलमा न्युजील्याण्डलाई सुपर ओभरमा हराउँदै इङ्ल्यान्डले सिरिज ३–१ ले जितेको हो ।

न्युजील्याण्डले इङ्ल्यान्डलाई जितका लागि एक सय ४३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको इङ्ल्यान्डले ११ ओभरमा सात विकेटको क्षतिमा एक सय ४३ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा इङ्ल्यान्डले १७ रन जोड्दै न्युजिल्याण्डलाई १८ रनको विजय लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्याण्ड एक विकेट गुमाएर आठ रनमा सकेटियो ।

न्युजील्याण्डका ट्रेन्ड बोल्ट, मिचेल स्टाननर र जेम्स निशमले समान दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ११ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ४६ रन बनाएको थियो । न्युजिल्याण्डका मार्टिन गुप्टिलले ५० रनको अर्धशतकीय इनिङ खेल ।

कोलिन मुन्रोले ४६ र टिम सिफार्टले ३९ रन बनाए । इङ्ल्यान्डका साम करण, टम करण, आदील राशिद र शकिब ममुदले एक एक विकेट लिए । आजको सुपर ओभरले क्रिकेटका समर्थकलाई २०१९ को विश्वोकप फाइनलको झल्को दिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: