
काठमाडौँ – अनसनरत डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याउन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगिसकेको तर डा. केसीले उपचारका लागि अन्यत्र जान नमानेको बताए ।
डा. केसी अनसन बसेको क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । डा. केसीले उपचारका लागि नजाने अडान लिएका छन् ।
प्रहरीले जबरजस्ती गर्न खोजेको भन्दै डा. गोविन्द केसीका समथर्कहरु सडकमा उत्रेका छन् । स्थिति असामान्य बन्न नदिन प्रयास गरिरहेकाे प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
कमेन्ट गर्नुहोस्
