नेपाल र कुवेतबीचको खेल भुटानमा हुने

331
0
Share:

पोखरा।  फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्युट्रल भेन्यूको रुपमा भुटानमा खेल्न गरेको प्रस्तावलाई एसियाली फुटबल महासंघले स्विकृत गरेको हो।

खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने एन्फाले जनाएको छ । नेपाल र कुवेतबीचको खेल मंसिर ३ गते हुनेछ ।एएफसीका प्रतिनिधि देङ सिओ लोङले गोप्य रूपमा निरिक्षण गरेका थिए।

लगत्तै उनले दशरथ रंगशालाको मापदण्ड नपुगेको प्रतिवेदन बुझाएका थिए। २०७२ को भूकम्पले क्षतिग्रस्त दशरथ रंगशाला अहिलेसम्म पूर्ण तयार छैन।

कमेन्ट गर्नुहोस्
Share: