टि-१० क्रिकेट प्रतियोगिताः पोखराद्वारा ब्रेभहार्ट वारियर्स पराजित

828
0
Share:

पोखरा। म्याट्रिक्स एरिना दोस्रो टि-१० क्रिकेट प्रतियोगितामा बुधबार भएको पहिलो खेलमा राइजिङ् पोखरा क्रिकेट एकेडेमी विजयी भएको छ । आज क्याम्पिङ् ग्राउन्ड पोखरामा भएको खेलमा राइजिङ् पोखराले ब्रेभ हार्ट वारियर्सलाई ९५ रनले पराजित गरेको हो ।

बुधबारको पहिलो खेलमा टस जितेर पहिले व्याटिङ् गरेको पोखराले उत्कृष्ट सुरुवात गर्दै निर्धारित १० ओभरमा १४३ रन बनाएको थियो । उसका लागि अमृत गुरुङ र अश्विनी थापाले विष्फोटक व्याटिङ गर्दै प्रतियोगिताकै उत्कृष्ट योगफल गराउन मद्दत गरेका थिए ।

अमृतले ७ छक्का र ४ चौकाको सहयोगमा २५ बलमा ६७ रन बनाए । उनले प्रतियोगिताकै पहिलो अर्धशतक समेत बनाएका छन् । साथै आश्विनीले १९ बलमा क्याच आउट हुनु पूर्व ५ छक्काको मद्दतमा ४४ रन बनाए । यस्तै पोखराका लागि अरुन अधिकारीले १२ रन बनाउँदा किरणले ७ रन बनाए ।

ब्रेभ हार्टका लागि जाइद लभ्लीले एक विकेट लिए भने कप्तान पिन्टुले एक विकेट लिए । १४४ रनको विशाल योगफल पक्ष्याएको ब्रेभहर्टले राम्रो प्रदर्शन गर्न सकेनन् । उसका लागि विजयले १२ रन बनाउनु बाहेक अरुले दोहोरो अङ्क छुन सकेनन् ।

पोखराका लागि अमृतले २ विकेट लिँदा मुखिलले समेत २ विकेट लिए । यस्तै दिपेन्द्रले १ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका अमृतले म्यान अफ द म्याच अवार्ड हात पार्न सफल भए ।

कमेन्ट गर्नुहोस्
Share: